
२८ जेठ, गोरखा । गोरखामा बुधबार थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
‘तीन जना पुरुष भारतबाट आएका रहेछन्,’ जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख विद्या तामाङले भनिन्, ‘एक जना महिला चितवनको भरतपुर अस्पतालबाट आउनुभएको रहेछ ।’
यही जेठ ८ गते भरतपुर अस्पतालबाट आएकी महिला जनशक्ति आधारभूत विद्यालयको क्वारेन्टिनमा थिइन् ।
अन्य संक्रमितमध्ये दुई जना जेठ १४ गते र एक जना जेठ १० गते गाउँ आएका थिए ।
उनीहरुमध्ये एक जना कनकामना आधारभूत विद्यालय र एक जना निर्माणाधीन एकीकृत मिलन वस्तीको क्वारेन्टिनमा बस्दै आएको कार्यालय प्रमुख तामाङले बताइन् ।
संक्रमितहरु भीमसेनथापा गाउँपालिका १, ५ र ६ का हुन् ।
बाँकी एक जना होम क्वारेन्टिनमा रहेको उनले जानकारी दिइन् । उनीहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउनका लागि छलफल भइरहेको तामाङले बताइन् ।
प्रतिक्रिया 4