+
+
Shares

क्वारेन्टिनमै जन्मियो शिशु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते ९:०५

३१ जेठ, प्युठान । प्युठानकी एक गर्भवती क्वारेन्टिनमै सुत्केरी भएकी छन् । नौवहिनी गाउँपालिका– ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गएराति छोरालाई जन्म दिएकी हुन् ।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्दै आएकी सरस्वतीले गएराति १ बजे क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी परीक्षण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?