२ असार, सिञ्जा (जुम्ला) । जुम्लाको पातारासी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सोमबार राति भे१त ७३३२ नंको ट्याक्टर दुर्घटनामा परेर पातारासी-४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो ।
जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ट्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । ट्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4