Comments Add Comment

रुसमा कोरोनाका नयाँ संक्रमित अप्रिल ३० यताकै कम

३ असार, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या अप्रिलयताकै सबैभन्दा कममा झरेकेा छ ।

बुधबार रुसले सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सात हजार ८४३ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या अप्रिल ३० यताकै सबैभन्दा कम हो । यससँगै रुसमा समग्र कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख ५३ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट १९४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि सात हजार ४७८ पुगेको छ ।

रुस अमेरिका र ब्राजिलपछि संक्रमित संख्याको आधारमा सबैभन्दा बढी प्रभावित मुलुक हो ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment