
४ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । यस्तै, ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको छ ।
३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधबार उनीहरू तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिन बस्नु परेको प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले बताए ।
दैलेखका दुई जना बिरामीमध्ये एक जना विगत आठ महिनादेखि टीबीका बिरामी थिए । दैलेख र सुर्खेतका अर्का एक/एक जनाले भने विष सेवन गरेपछि उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया 4