Comments Add Comment

प्रदेश १ को आर्थिक विधेयक पारित

फाइल तस्वीर

६ असार, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा दर्ता गराएको आर्थिक विधेयक पारित भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनका लागि ल्याएको विधयेक शुक्रबारको बैठकले पारित गरेको हो ।

विधयेकमाथि सांसदहरूले तीन दिनसम्म छलफल गरेका थिए । शुक्रबारको छलफलमा सांसद मोहन खड्काले संसोधन नै नहुने विधयेकमाथि छलफल गर्नुुको कुनै औचित्य नभएको बताएका थिए ।

छलफलमा सांसद राजकुमार ओझाले खोलाको ढुङ्गा, गिट्टी, बालुवा, माटो र भरोटको ठेक्का एकै पटक लागाउने व्यवस्था गरिनुपर्ने बताए ।

करदको दर परिवर्तन भएको छैन– मन्त्री

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबोले कोभिड–१९ महामारीको कारणले आगामी वर्षको करको दर परिवर्तन नभएको बताएका छन् । विधेयकमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा उनले करको दर परिवर्तन नभएको बताएका हुन् ।

प्रदेशसभा बैठकमा गाडी, घरजग्गा सम्बन्धमा पुरानै करको दर कायम रहेको उनले बताए । करको दर हेरफेर गर्ने अधिकार सरकारमा निहीत गरेको बताए । परिस्थितिको कारणले उनले कतिपय करको दर अव्यवहारिक हुन सक्ने उनले बताए ।

प्रदेश आर्थिक विधयेकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री आङ्बोले करको दायरा बढाउन भनेर मात्र नहुने स्रोत पहिचानमा सबैले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment