+
+
Shares

कोशी अस्पतालबाट थप १० जनाले जिते कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ६ गते ६:३१

६ असार, विराटनगर । प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ४ महिलासहित १० जना कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरु २१ जेठदेखि २५ जेठसम्मको अवधीमा अस्पतालमा भर्ना भएको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए ।

१० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?