Comments Add Comment

स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथि मन्त्री !

६ असार, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्कुल बिक्री गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका छन् ।

शनिबार युनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गर्दै आएको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) न्युरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री घिमिरेले भाषण पनि गरेका थिए ।

मन्त्रीलाई साक्षी राखेर लर्डबुद्ध स्कुल सञ्चालन गरिरहेको युनिभर्सल लर्ड बुद्धका अध्यक्ष नितिनचन्द्र गजुरेलले स्कुलको सम्पूर्ण स्वामित्व न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल सञ्चालक डाक्टर वीरेन्द्र विष्टलाई हस्तान्तरण गरे ।

स्कुल बिक्री कार्यक्रमको पूरा समय बसेका मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका अस्पतालको टोलीले शिक्षा क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment