+
+
Shares

अर्थतन्त्र थला पर्दै, प्रधानमन्त्री छेडखानी गर्दैः बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ९ गते १२:३०

९ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अर्थतन्त्र थला पर्न लागेको बताएका छन् । कोभिड–१९ का कारण अर्थतन्त्र संकटमा परेको उनको भनाई छ ।

पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, ‘अर्थतन्त्र थला पर्दैछ, विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ ।’

देश चौतर्फी संकटमा फस्दै गएको उनको भनाइ छ । नागरिकता विवाद, एमसीसी र स्कूल कलेज लथालिंग अवस्थामा रहेको भट्टराईले उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ ! प्रधानमन्त्री उखानटुक्का/छेडखानीमा व्यस्त छन् ! संकटको निकास खोजौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?