Comments Add Comment

हामीले छिटै नै कोरोनाको खोप पाउँछौँ : ट्रम्प

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब छिटै नै कोरोना भाइरस (कोभिड-१९) को खोप पाउने बताएका छन् । एरिजोनामा आयोजना गरिएको एक चुनावी र्‍यालीमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन् ।

ट्रम्पले कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाले निकै राम्रो काम गरेको बताएका छन् । उनले अमेरिकामा मानिसहरुका लागि भेन्टिलेटरको कमी हुन नदिएको दाबी गरेका छन् । ट्रम्पले आफूले कोरोना भाइरस नियन्त्रणको लागि न्युयोर्कमा समेत अस्पताल बनाएको बताएका छन् । यद्यपि यो अस्पतालको प्रयोग भने गरिएको थिएन ।

कोरोना भाइरसको महामारीको कारण अहिले अमेरिकामा बेरोजगारी बढ्न सक्ने संकेत देखा परेका छन् । यस विषयमा बोल्दै ट्रम्पले अमेरिकाको अर्थतन्त्रलाई यसबाट बचाउन तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेकेा बताएका छन् ।

उनले अमेरिकी विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न विदेशीलाई रोजगारीबाट रोक्न सकिने गरी एक ऐतिहासिक फैसला गरेको पनि बताएका छन् । उनले अमेरिकाको लागि यो लडाइँ अमेरिकाकै तरिकाले जित्नु जरुरी रहेको बताएका छन् ।

ट्रम्पले अमेरिकाले अब धेरैभन्दा धेरै रोजगारी सृजना गर्नु जरुरी रहेको पनि उल्लेख गरेका छन् । मानिसहरुलाई उनीहरुको योग्यताअनुसारको रोजगारी दिनु जरुरीरहेको ट्रम्पको भनाइ छ । यसो गर्न नसकेको खण्डमा अर्को समस्या आउन सक्ने ट्रम्पले उल्लेख गरेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख ४७ हजार नाघिसकेको छ भने अहिलेसम्म एक लाख २१ हजार २२८ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment