Comments Add Comment

अनमोल–सुहानाको ‘ए मेरो एजुर ४’ दशैंमा रिलिज नहुने

यो वर्षको दशैंमा नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज गर्ने तयारीमा थिए निर्माता सुनिल कुमार थापा । चलचित्रको ३० प्रतिशतभन्दा बढी छायाङ्कन पनि सकिएको थियो । तर चलचित्रको छायाङ्कन चलिरहेको समयमा लकडाउन भएपछि सबै काम रोकियो ।

यो वर्षको दशैंमा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’ रिलिज नहुने पक्का भएपछि अनमोल र सुहानालाई चिठ्ठा परेको चर्चा पनि भयो । तर अब यसका निर्माता दशैंमा चलचित्र रिलिज हुने कुरामा आशावादी छैनन् । निर्माता सुनिल कुमार थापाले लकडाउन खोलेर सरकारले सुटिङका लागि अनुमति दिएपछि काम सुरु गर्ने तयारीमा छन् ।

तर दशैंसम्म हल नै खुल्ने वातावरण नबन्ने देखिएको छ । हल खोलिहाले पनि चलचित्र हेर्ने दर्शकको चाप उल्लेख्य मात्रामा नहुने पक्का छ । यसैले पनि चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताउँछन् ।

झरना थापा निर्देशित यो चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । अनमोल केसीका कुनै पनि चलचित्र अहिलेसम्म दशैंको बिदामा रिलिज भएका छैनन् । यो पटक पनि उनले दशैंमा दर्शकमाझ पुग्ने अवसर गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment