+
+
Shares

नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १४:०९

१० असार, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।

बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिए ।

नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो ।

नेविसंघको विश्वविद्यालय इकाइका अधयक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्यार्थीहरुले कुर्सी जलाएको प्रतिक्रिया दिए । ‘तालाबन्दी गर्न जाँदा मिस बिहेब भएछ, आक्रोशित विद्यार्थीले भीसीको कुर्सी पनि जलाएछन्’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?