+

खेलकुद विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

२०७७ असार  ११ गते १९:३२ २०७७ असार ११ गते १९:३२
खेलकुद विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

११ असार, काठमाडौं । खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट‍्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसंगै राष्ट्रपतिले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन् ।

खेलकुद खेलकुद विधेयक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय