Comments Add Comment

लाजियोको पुनरागमन जित

१४ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको लाजियोले फियोरेन्टिनामाथि पुनरागमन जित हात पारेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लाजियोले फियोरेन्टिनालाई २-१ ले पराजित गरेको हो ।

भेट्रान फ्रांक रिवेरीले २५औं मिनेमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको लाजियोले दोस्रो हाफमा दुई गोल फर्कायो । ६७औं मिनेटमा सिरो इम्मोबाइकलले पेनाल्टीमार्फत लाजियोको लागि बराबरी गोल फर्काए । ८३औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई जित दिलाए । अन्तियम लमयमा फियोरेन्टिनाका डुसना भ्लाहोभिक रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

जितपछि लाजियोले शीर्ष स्थानको युभेन्ट्ससँग अंक दूरी ४ मा झारेको छ । २८ खेलबाट ६९ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा आसिन छ भने लाजियोको ६५ अंक छ ।

सिरी ए कै अन्य खेलमा काग्लियारीले टोरिनोलाई ४-२ ले पराजित गरेको छ भने जेनोअ र ब्रेस्कियले २-२ को बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment