Comments Add Comment

म्यानचेष्टर सिटीले लिभरपुललाई गार्ड अफ अनर दिने

१४ असार, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुललाई म्यानचेष्टर सिटीले एतिहाड स्टेडियममा गार्ड अफ अनरले सम्मान गर्ने भएको छ ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ च्याम्पियनलाई गार्ड अफ अनर दिने बताएको बीबीसीले जनाएको छ ।

३० वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जितेको लिभरपुलले त्यसपछि पहिलो खेल खेल्दैछ । दुई दिनअघि चेल्सीले सिटीलाई पराजित गरेपछि लिभरपुलले ७ खेल अगावै उपाधि पक्का गरिसकेको छ ।

‘निश्चय नै हामी गार्ड अफ अनर दिनेछौँ,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘जब उनीहरु अविश्वसनिय ढंगले हाम्रो घरमा आउनेछ्न् हामी लिभरपुललाई अभिवादन गर्नेछौँ । यो गर्न गइरहेका छौँ किनभने उनीहरु यसको योग्य छन् ।’

साविक विजेता सिटीले यसअघि धेरै पटक गार्ड अफ अनर सम्मान पाइसकेको छ । सिटी र लिभरपुलबीचको खेल जुलाई २ मा हुँदैछ ।

यसैबीच ग्वार्डिओलाले सिटीसँग आफ्नो सम्झौता नवीकरण गर्नेबारे भने कुनै प्रतिक्रिया दिएनन् । उनको सम्झौता २०२१ मा सकिँदैछ । उनले आफू क्लबमा सन्तुष्ट रहेको र अरु विषयमा धेरै नसोचेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment