News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डन र अल्जेरियाबीचको खेल अमेरिकाको सन फ्रान्सिस्कोमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ९ बजे शुरू हुनेछ ।
- विश्वकपको पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रँदा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिन सक्नेछ ।
- अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेटकोभिचले भने, "यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ, र दबाब पनि उत्तिकै तीव्र छ ।"
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगबालर बिहान मदान उत्रँदा जोर्डन र अलजेरियाको एकै लक्ष्य हुनेछ पहिलो जित हात पार्ने ।
समूह जे मा रहेका यी दुई टोलीको खेल अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान पौने ९ बजे सुरु हुनेछ ।
दुवै टोली यस विश्वकपको पहिलो खेलमा पराजित भएका थिए । त्यसैले दुवै पहिलो जितको खोजीमा छन् ।
पहिलो खेलमा हारपछि दुवै टोलीका लागि यो खेल नकआउट खेल जस्तै हुनेछ । अब एउटा हारले प्रतियोगिताबाट बाहिरिन सक्छ । त्यसैले यस खेलमा कुनै पनि टिम हार्न चाहदैनन् ।
यसे विश्वकपमा डेब्यु गरिरहेको एसियाली राष्ट्र जोर्डन पहिलो खेलमा नर्वेसँग ४-१ ले पराजित भएको थियो । पहिलो खेलमा हार बेहोरेपनि जोर्डन विश्वकपमा पहिलो गोल गर्न सफल भएको थियो । जोर्डनका अली ओल्वानले अस्ट्रिया विरुद्ध विश्वकपमा पहिलो गोल गरेका थिए ।
उता १२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको अल्जेरिया साविक विजेता अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए ।
जोर्डनका प्रशिक्षक जमाल सेल्लामीले अल्जेरिया विरुद्धको खेल निकै महत्वपुर्ण हुने बताएका छन् । ‘हामी अल्जेरियाली प्रतिद्वन्द्वी विरुद्ध एक निकै महत्त्वपूर्ण र कठिन खेलको अपेक्षा गरिरहेका छौं, जुन एउटा बलियो र असाधारण टोली हो,’ उनले भने, ‘हाम्रो पहिलो खेल हाम्रो लागि निकै अर्थपूर्ण थियो, किनकि त्यस दिन हामीले इतिहास रचेका थियौं । त्यसपछिको नतिजा भने हाम्रो अनुभवको कमीका कारण भएको हो,’ जोर्डनको विश्वकप डेब्युलाई स्मरण गर्दै ५५ वर्षीय प्रशिक्षकले थपे ।
यस्तै अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेटकोभिचले पनि जोर्डन विरुद्धको यो भिडन्त कति निर्णायक छ भन्ने कुरा स्पष्ट पारे । ‘यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ, र दबाब पनि उत्तिकै तीव्र छ ।’ ६३ वर्षीय प्रशिक्षकले भने । ‘जोर्डन निकै संगठित र निरन्तर एकनाशको प्रदर्शन गर्ने टोली हो, जसले मैदानमा बलियो शारीरिक शक्तिका साथ खेल्छ,’ पेटकोभिचले थपे ।
जोर्डन र अल्जेरियाबीच विश्वकपमा यो पहिलो खेल हुनेछ । यसअघि एक पटक मात्र यी दुई टोली मैत्रीपुर्ण खेलमा भिडेका थिए । सन् २००४ मा भएको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।
पहिलो खेलमा अस्ट्रिया विरुद्ध गोल गरेका अली ओल्वानसँगे प्रेन्च क्लब रेन्सबाट खेल्ने मुसा अल- तमारी जोर्डनको हेर्न लायक खेलाडीको रुपमा रहनेछन् ।
यस्ते अल्जेरियाका लागि रियाद महारेजसँगै २० वर्षीय इब्राहिम माजा, राएन अइत-नौरी हेर्न लायक खेलाडीको रुपमा हुनेछन् ।

प्रतिक्रिया 4