News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को समूह 'आई' अन्तर्गत नर्वे र सेनेगलबीच मङ्गलबार बिहान पौने ६ बजे प्रतिस्पर्धा हुँदैछ ।
- पहिलो खेलमा इराकलाई ४–१ ले पराजित गरेको नर्वे लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।
- पहिलो खेलमा फ्रान्ससँग पराजित सेनेगलका लागि नकआउट चरणको सम्भावना कायम राख्न नर्वेविरुद्धको खेलमा अङ्क जोड्नु महत्त्वपूर्ण हुनेछ ।
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईमा रहेका नर्वे र सेनेगलबीच महत्वपूर्ण खेल हुँदेछ ।
यो खेल अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ ।
पहिलो खेलमा इराकलाई पराजित गरेको नर्वे र पहिलो खेलमा फ्रान्ससँग पराजित दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ ।
एर्लिङ हालान्डले विश्वकप डेब्युमै २ गोल गरेपछि २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले इराकलाई ४-१ ले पराजित गर्दे सुखद सुरुवात गरेको छ ।
अर्कोतर्फ २४ वर्षपछि विश्वकपमा भेट हुँदा सेनेगलले फ्रान्स विरुद्ध पुरानो नतिजा दोहोर्याउन सकेन । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न चुकेको सेनेगल दोस्रो हाफमा केलिएन एमबाप्पेले दुई गोल गरेपछि ३-१ ले पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय फुटबलमा नर्वे र सेनेगल दोस्रो पटक आमने सामने हुँदैछन् भने विश्वकपमा यी दुईबीच पहिलो खेल हुनेछ ।
सन् २००६ मा घरेलु मैदानमा भउको मेत्रीपुर्ण खेलमा सेनेगलले नर्वेलाई २-१ ले पराजित गरेको थियो ।
नर्वे पहिलो खेलको लयलाई कायम राख्दै लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान बनाउने लक्ष्यमा छ । सन् १९९८ मा पछिल्लो पटक विश्वकप खेल्दा नर्वे नकआउट चरणमा पुगेको थियो तर अन्तिम १६ को खेलमा इटालीसँग १-० ले पराजित हुँदै बाहिरिएको थियो ।
नर्वेले समुहको तेस्रो खेल फ्रान्ससँग खेल्ने भएकोले अन्तिम खेलअघि ने नकआउट चरणमा स्थान सुरक्षित गर्न चाहन्छ ।
अफ्रिकन जायन्ट्सको रुपमा चिनिएको सेनेगलका लागि नकआउट चरणको सम्भावना कायम राख्न नर्वेलाई हराउनुपर्ने आवश्यकता छ । बलियो टोली फ्रान्ससँग खेलिसकेको र अन्तिम खेलमा वरियतामा तल रहेको इराकसँग खेल्ने भएकोले नर्वेसँगको खेलमा अंक जोड्ने सेनेगलका लागि निकै महत्वपूर्ण हुनेछ । नर्वेसँग बराबरी खेल्दै अन्तिम खेलमा इराकलाई पराजित गरेमा पनि सेनेगलको नकआउट चरणमा पुग्ने सम्भावना भने कायम रहन्छ ।
नर्वे र सेनेगलबीचको खेलमा फरवार्ड एर्लिङ हालान्ड फेरि हेर्न लायक खेलाडीको रुमा रहनेछन् । म्यानचेस्टर सिटीका यी गोल मेसिनले विश्वकप डेब्युमै आफ्नो क्षमता देखाइसकेका छन् । सेगेनल सामु हालान्डलाई रोक्नु चुनौती हुनेछ । सेनेगलको डिफेन्ससामु हालान्डको शारीरिक क्षमता र बक्स भित्रको मुभमेन्टकको परिक्षण हुनेछ ।
यस्तै कप्तान मार्टिन ओडेगार्ड मिडफिल्डमा मुख्य खेलाडीको रुपमा हुनेछन् ।
यस्तै सेनेगलका लागि साडियो माने र निकोलस ज्यासन हेर्न लायक खेलाडीको रुपमा हुनेछन् । ३४ वर्षीय विंगर मानेको अनुभव टिमको लागि महत्वपूर्ण हुनेछ ।
यस्ते चेल्सीका फरवार्ड ज्याक्सनको माने र इस्माइला सारकोसँग कम्बिनेसन प्ले विपक्षी डिफेन्सका लागि चुनौती बन्न सक्छ ।

फिफा विश्वकप २०२६ को हरेक खेलको लाइभ कमेन्ट्रीसहित सम्पूर्ण अपडेट अनलाइनखबरमा हेर्न सकिनेछ ।
प्रतिक्रिया 4