Comments Add Comment

प्रदेशका मन्त्री पनि नागरिकता विधेयकविरुद्धको आन्दोलनमा

१६ असार, जनकपुरधाम । नागरिकता विधेयकको विरोधमा जनता  समाजवादी पार्टीले गरेको प्रदर्शनमा प्रदेश २ सरकारका मन्त्री पनि सहभागी भएका छन् ।

जनकपुरधाममा भएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र भूमि, व्यवस्था कृषि तथता सहकारी मन्त्री शैलेन्द्र साह सहभागी भएका हुन् ।

स्थानीय जनक चोकबाट निकालिएको विरोध र्‍याली जनकपुरधामको विभिन्न क्षेत्र पुगेर पुन:  जनक चोकमा आई केही बेर धर्ना दिएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी भएका मन्त्री भने धर्ना बसेर फर्किए ।

कोणसभामा संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांसद रामाशिष यादव, परमेश्वर साह, जनकपुरधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साहसहितकाले मन्तव्य दिँदै नागरिकता विधेयकमा रहेको नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था नसच्याएसम्म आन्दोलन गर्ने बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह आफ्नो गृह जिल्ला सप्तरीमा आयोजित प्रदर्शनमा सहभागी भए ।

सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टीद्वारा निकालिएको विरोधमा सहभागिता जनाउँदै मन्त्री साहले स्थानीय जनआन्दोलन चोकमा आयोजित कोणसभामा भाषणसमेत दिए । साहले नागरिकता विधेयक नसचिएसम्म आन्दोलन जारी रहने बताए ।

नागरिकता विधेयकको विरोधमा मंगलबार प्रदेशका सबै जिल्लामा प्रदर्शन भएको जनता समाजवादी पार्टीले जनाएको छ ।

नागरिकता विधेयकविरुद्व जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीले मधेसका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment