+
+
Shares

टोखामा पनि देखियो सलह : मादल बजाएर र धुँवा निकालेर भगाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १२:५४

१७ असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पनि सलह किरा देखिएपछि सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी नगरपालिकाले खेतबारीमा थाल, टिन, मादल, लाउडस्पिकर र अन्य आवाज निस्कने साधन बजाएर सलह भागाउन सकिने बताएको छ ।

त्यस्तै खेतबारीमा आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

सलह किरा संकलन गरी वडामा बुझाउनेलाई प्रतिकिलो ५० रुपैयाँका दरले प्रोत्साहन रकम दिने पनि नगरपालिकाले घोषणा गरेको छ ।

सानो क्षेत्रको बाली, तरकारी, धानको ब्याड झुलले ढाक्न, सलह बसेको रुख तथा बोटबिरुवा हल्लाएर भागाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले आग्रह गरेका छन् ।

सलह बढी प्रोटिनयुक्त हुने भएकाले जाल वा पासोको प्रयोग गरी वा हातले टिपी हाँस तथा कुखुराको दानाको रुपमा प्रयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?