+
+

सेयर बजारमा आज पनि ‘पोजिटिभ सर्किट’, कारोबार राेकियाे

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १२:४०

१७ असार, काठमाडौं । बुधबार पनि सेयर कारोबारमा ‘पोजिटिभ सर्किट’ लागेको छ । बुधबार ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार स्थगित गरिएको छ ।

कोरोना त्रासकै बीच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट लागेको थियो ।

बुधबार बजार खुलेको एक घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर एक हजार ३३६ दशमलव ५३ अंकमा पुगेको छ । कारोबार खुलेको पहिलो आधा घण्टा पनि नहुँदै चार प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

दोस्रो पटक ५ प्रतिशतले बढेपछि ४० मिनेट रोकिएको कारोबार ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार नै स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार सबै उपसमूहहरूमा हरियाली हुँदा हाेटल भने राताम्मे देखिएकाे छ । हाेटल ५ दशमलव १५ अंकले घटेकाे छ ।

३ हजार ८ सय ९० कारोबारबाट ११ लाख १ हजार २ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?