Comments Add Comment

काठमाडौंको टोखामा सलहको झुण्ड (फोटो फिचर)

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा पनि सलको ठूलो समूह देखा परेको छ ।

टोखा नगरपालिकाको झोरमा मकैबालीमा छपक्कै सलह किरा बसेका छन् । स्थानीले सलहलाई समातेर बोतलमा संकलन गरेका छन् । बालबालिका पनि सलह समात्दै खेलिरहेका छन् । आकाशमा पनि प्रशस्त मात्रामा सलह उडेको देखिन्छ ।

मंगलबार दक्षिणी क्षेत्रबाट प्रवेश गरेको सलह काठमाडौंको रानीवन, नागार्जुन र टोखाका विभिन्न क्षेत्रमा बाँडिएका थिए । टोखा नगरपालिकाले एक सूचना निकालेर मादल बजाउने, धुँवा निकाल्ने, डोरी हल्लाउने आदि उपायद्वारा सलह भगाउन आग्रह गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment