Comments Add Comment

प्रदेश १ मा थपिए २६ जना कोरोना संक्रमित

फाइल तस्वीर

१७ असार, विराटनगर । प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।

पछिल्लो समय झापामा २०, मोरङमा २, इलाममा २, सुनसरी र ताप्लेजुङमा १/१ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार झापाको मेचीनगरका ६ महिलासहित ७ जना, बुद्धशान्तिका २ महिलासहित पाँचजना, गौरदहमा ३ महिलासहित सात जना र गौरिगञ्जमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङको उर्लाबारीमा एक जना र कानेपोखरी गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सुनसरीको इटहरीमा एक जना महिला, इलामको सूर्याेदयमा २ जना महिला र ताप्लेजुङको फुङलिङमा एक जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ६ सय ४ पुगेको छ । ती मध्ये ४ सय जना उपचारपछि घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment