Comments Add Comment

नेपाल–भारत सीमानजिक सलहको दुई समूह

‘हावाको वहाव अनुकुल भए नेपाल आउन सक्छ’

तस्वीर : प्लाण्ट भिलेज

१८ असार, काठमाडौं । नेपाल–भारत सीमा नजिक सलहको दुई वटा समूह आएको र ती छिटै नेपाल प्रवेश गर्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा रहेको सलह सूचना केन्द्रले भारतको उत्तर प्रदेशको इटावा क्षेत्रमा १०० हेक्टर र ५५ हेक्टर क्षेत्रफलमा २ वटा झुण्ड देखिएको बताएको छ ।

प्लाण्ट भिलेजले उपलब्ध गराएको सूचना अनुसार बिहान ६ बजे ती क्षेत्रमा सलह देखिएको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले अनलाइनखबरलाई बताए । ‘आगामी तीन दिनको हावाको बहावको पूर्वानुमान अनुसार ती सलह फत्तेपुर (सप्तरी) सम्म आइपुग्ने अनुमान छ’ सुवेदीले भने ।

कुनैपनि बेला सलहको झुण्ड नेपाल छिर्न सक्ने भन्दै केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै सलह भित्रिए कृषि प्राविधिक वा स्थानीय तहमा खबर गर्न पनि अपिल गरेको छ ।

अघिल्लो हप्ता प्रवेश गरेको सलह अहिले दाङ र प्युठानको सेरोफेरोमा रहेको छ । अर्घाखाँचीमा रहेको सलह पनि प्यूठानतर्फ गएको केन्द्रले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सलह देखिएको छ । ती सलहले दक्षिण पश्चिमबाट उत्तरपूर्व तर्फ यात्रा गर्ने सम्भावना रहेको केन्द्रले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment