+
+
Shares

क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना संक्रमण पुष्टि

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ असार १८ गते १९:४९

१८ असार, धनगढी । क्वारेन्टिनबाट भागेर घर गएका कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमणको पुष्टि भएको छ ।

भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पाेट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए ।

‘त्यसको केही दिनपछि रिर्पाेट आयो’ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले भने ‘७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भयो ।’

वडाध्यक्ष शिबबहादुर विकका अनुसार संक्रमित ४२ मा भागेर घर गएका ३३ जना पनि छन् ।

अब उनीहरुको कन्ट्याक ट्रेसिङ थालिएको छ । ‘उहाँहरू कतिको सम्पर्कमा आउनु भयो भनेर सोधपुछ गर्दैछौँ,’ कुँवरले भने, ‘सम्पर्कमा आएका सबैको पीसीआर टेस्ट आवश्यक देखिएको छ ।’ नगरपालिकाले क्वारेन्टिनबाट घर गएकाहरूलाई घरमै सुरक्षित बस्न वा पुनः क्वारेन्टिनमा फर्किन सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?