Comments Add Comment

बलिउड कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी सफल कोरियोग्राफर सरोज खानको निधन भएको छ । उनको बिहिबार बेलुकी ७१ बर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि नै अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

उनको आज मलाडको मालवानीमा अन्तिम संकार गरिनेछ । बलिउडमा सरोज खानले ४० बर्ष बिताएकी छिन् । यो अवधीमा उनले करिब २ हजार गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

उनले, तीन पटक राष्ट्रिय पुरस्कार समेत जितेकी थिइन् । सन् १९७४ मा सार्वजनिक भएको ‘गीता मेरा नाम’मा पहिलो पटक सरोजले कोरियोग्राफी गरेकी थिइन् । यसपछि उनले, ‘हवा–हवाई, एक दो तिन, धक–धक करने लगा’, डोला रे डोला’ लगायतका सुपरहिट गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

सरोजले कोरियोग्राफी गरेको अन्तिम गीत निर्माता करण जोहरको ‘कलंक’ नामक चलचित्रको ‘तबाह हो गए’ थियो । गीतको भिडियोमा नायिका माधुरी दिक्षितले नृत्य गरेकी छिन् । सरोज स्वास्थ्यमा समस्या भएपछि जुन २४ मा अस्पताल भर्ना भएकी थिइन् । उनलाई मुम्बइको गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment