Comments Add Comment

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

१९ असर,  हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछिशुक्रबार बजेट पारित गरिएको हो । बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सबैको समन्वयमा काम गर्छौ : मुख्यमन्त्री

शुक्रबार प्रदेशसभामा जवाफ दिँदै  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए ।

उनले आफ्नो घर अघि काम भएमात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरुलाई आग्रह गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार गठन भएको २ बर्षमा  १ सय ७९ किलोमिटर सडक ढलान तथा कालोपत्रे, ३३ पुल निर्माण,  ८ सय ७ किलोमिटर सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment