+
+
Shares

ग्यारेजमा राखेको ८ वटा माइक्रो जल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १०:१८
सांकेतिक तस्वीर, अनलाइनखबर अर्काइभबाट ।

२१ असार, काठमाडौं । नयाँ बसपार्कस्थित एक ग्यारेजमा राखिएका ८ वटा माइक्रो बसमा आगजनी भएको छ । लकडाउनका कारण सञ्चालनमा आउन नसकी ग्यारेजमा थन्काइएका ८ वटा नयाँ माइक्रोमा आगजनी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुन सक्ने अनलाइनखबरलाई बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले जनाए ।

प्रहरीका अनुसार अनुसन्धानका लागि अपराध महाशाखाको टोलीलाई पनि परिचालन गरिएको छ । आगलागीमा परेकामध्ये दुईवटा पुरानो र ६ वटा नयाँ माइक्रो रहेका छन् ।

प्रहरीका अनुसार बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रो जलेका छन् । पुरानो माइक्रोबाट आगलागी सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?