Comments Add Comment

सरकारले भन्यो : ढलमा भाइरस देखिँदैमा समुदायमा कोरोना संक्रमण फैलियो भन्न मिल्दैन

२१ असार, काठमाडौं । सरकारले ढलको पानीमा कोरोना भाइरसको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न नमिल्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताएका हुन् ।

ढलमा काम गर्ने मानिसले पीपीई, मास्क, जुत्ता, चस्मा, बुटजस्ता सुरक्षा सामग्री लगाएमा भाइरस संक्रमण नहुने उनले बताए ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा ढलको पानीमा कोरोना भाइरस भएको वा नभएको बारेमा अनुसन्धान गर्ने पनि प्रवक्ता डा. गौतमले बताए ।

हालै एक संस्थाले गरेको अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरसको जीवाणु भेटिएको बताएको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमले ढलको पानीमा कोरोना भाइरस पहिचान भए पनि यसबाट कोरोना संक्रमण नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment