+
+

कर्णालीमा थपिए १८ जना कोरोना संक्रमित, १६ डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १८:०८

२२ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा पाँच महिने बालिकासहित १८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्ज बाँकेको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका एक बालिकासहित १४ जना, जाजरकोटका तीनजना र जुम्लाका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५१६ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२४७ पुगेको छ ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २६३ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?