+
+
Shares

डा. कुटपिटको विरोधमा रौतहटमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते २०:०७

२२ असार, काठमाडौं । चिकित्सक माथि भएको कुटपिटको विरोधमा रौतहटको गौरमा प्रदर्शन भएको छ ।

सोसाइटी अफ मेडिकल स्टुडेन्ट नेपालले झापाको विर्तामोडस्थित मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि भएको कुटपिटको विरोधमा प्रदर्शन गरेको हो ।

अस्पतालमा उपचार गराउन आएका बिरामीका आफन्तलाई मास्क लगाउन र होहल्ला नगर्न अनुरोध गर्दा उनीहरुले उल्टै डा. झामाथि असार ११ गते हातपात गरेका थिए ।
डा. झामाथि कुटपिट गर्ने व्यक्तिहरुलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने सोसाइटीका महासचिव निराजन यादवले बताए ।

नेपालको विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सोसाइटीले प्रदर्शन गरेको यादवको भनाइ छ । चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही नगरिए देशभर आन्दोलन गर्ने चेतावनी सोसाइटीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?