Comments Add Comment

नेकपामा सहमतिको प्रयास जारी, ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरू परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपाको आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

हाल स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आन्तरिक शक्ति संघर्षले पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै दोस्रो तहका नेताहरूले सहमतिका लागि पहल गर्दै आएका छन् । कार्यकर्ताहरूले पनि जिल्लाजिल्लामा प्रदर्शन गर्दै पार्टी विभाजन नगर्न र एकताबद्ध हुन दबाब दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment