+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देउवा र जसपाका नेताहरूबीच भेटवार्ता, संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १२:३३

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए ।

भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको थियो ।

‘जनताको आवाज राख्ने त्यही एउटा ठाउँ थियो, सरकारले संसदको अधिवेशन अन्त्य गरेर मुखमा ताला लगाउने काम गरेको छ’ भेटपछि नेता महतोले अनलाइनखबरसँग भने, ‘संसद अधिवेशन अन्त्य गरेकोमा दुवै दलले असन्तुष्टि व्यक्त गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?