Comments Add Comment

मानसिक स्वास्थ्यको विषयलाई जब ग्ल्यामराइज गरियो

फेसन र जीवनशैलीसँग सम्बन्धित चर्चित म्यागजिन ‘भोग’को कभरमा छापिएको एक तस्वीरलाई लिएर आहिले विवाद भएको छ । भोगको यस अंकलाई ‘द म्याडनेस इश्यु’ भनिएको छ । प्रकाशकका अनुसार उनीहरुले यस माध्यामबाट मानसिक स्वास्थ्य जस्तो अहम् मुद्धा उठाउन चाहन्थे । यस अंकको आवरणमा एक महिलाको तस्वीर छ, जो अस्पतालको बाथटबमा बसेकी छिन् । एक नर्सले उनको टाउकोमा पानी खन्याइरहेकी छिन् । भोगले उक्त आवरण तस्वीर इन्स्टाग्राममा साझेदार गरेको थियो ।

द म्याडनेस इश्यु

यो प्रेमको सम्बन्धमा हो

यो जिन्दगीको सम्बन्धमा हो

यो हाम्रो सम्बन्धमा हो

यो तपाईंको सम्बन्धमा हो

यो अहिलेको सम्बन्धमा हो

यो स्वास्थ्यको सम्बन्धमा हो

यो मानसिक स्वास्थ्यको सम्बन्धमा हो

द म्याडनेस इश्यु आजको समयको सम्बन्धमा हो

मनोचिकित्सक एवं मानसिक स्वास्थ्यको समस्या झेलिरहेका मानिसहरुले भने यस आवरण हेरेर गुनासो गरेका छन् । उनीहरुको तर्क के भने, जसरी सांकेतिक तस्वीर तयार गरिएको छ त्यसले मानसिक रोगीको उपचारको ‘अनुचित’ र ‘पुरातन’ शैली हो ।

यसरी म्यागजिनको आवरणलाई लिएर आलोचना हुन थालेपछि म्यागजिनका प्रकाशकले जवाफ दिएका छन्, यो तस्वीरको प्रयोग मानसिक स्वास्थ्यमाथि चर्चा सुरु गर्ने उदेश्यले नै तयार गरिएको थियो ।

पत्रिकाका प्रकाशकले ट्वीटर पोस्ट गर्दै भनेका छन्, ‘भोगको यस अंकको आवरण कथा मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । यसमा मानसिक स्वास्थ्यसँग जोडिएको ऐतिहासिक सन्दर्भ खोज्ने प्रयास गरिएको छ । यसको उदेश्य असल जिन्दगी र यर्थाथ कथा पस्कनु हो । म्यागजिनभित्र मनोचिकित्सक, सामाजिक वैज्ञानिक र अन्य विशेषज्ञसँग कुराकानीमा आधारित लेख छ ।’

आवरणमा बाथटबमा जुन युवतीको तस्वीर छ, उनी स्लोभाकियाकी मोडल सोमाना किर्चानेरोवाको हो । उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छिन्, ‘भोगको आवरणमा देखिनु मेरो करियरकै एउटा अह्म हिस्सा हो ।’ तस्वीरमा उनीसँग जसलाई देखाइएको छ, उनीहरु आफ्नो परिवारजन भएको उनले उल्लेख गरेकी छिन् ।

सिमोनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म भोगको कभर पेजमा, आफ्नी आमा र हजुरआमासँग ।’

के भन्छन् विशेषज्ञ ?

लन्डनको क्लिनिकल साइकोलोजिस्टका डाक्टर क्याटरीना एलेक्जेन्ड्रीकले भनेकी छिन्, उनले भोगको आवरणलाई अनैतिक मान्छिन् । उनी भन्छिन्, ‘जुन व्यक्ति गंभिर मानसिक समस्यासँग जुधिरहेका छन्, उनलाई एक महिलाको यति नाजुक स्थितिमा फेसन म्यागजिनको कभरमा देखाउँदा उनीहरुलाई आफ्नो पुरानो र असहज दिनहरुको याद आउन सक्छ ।’

डाक्टर क्याटरिना थप्छिन्, ‘यो तस्वीरले त्यही धारणाको समर्थन गरिरहेको देखिन्छ, मानसिक समस्याका क्रममा महिलाहरु असाय र कमजोर हुन्छन् । यो तस्वीरमा हामीले त्यस्ता व्यक्तिको बारेमा बताएका छैनौं जसले आफ्नो इच्छाशक्ति र संघर्षबाट मानसिक समस्यालाई जितेका छन् ।’

पोर्चुगलकी मोडल साराले भनेकी छिन् कि भोगकको कभरमा जुन तस्वीर छ त्यसले मानसिक स्वास्थ्यसँग जोडिएको कुराबारे कुनै प्रतिनिधित्व गर्दैन । साराले भनेकी छिन् उनी स्वयम् मानसिक समस्याबाट गुज्रिएकी छिन् र यो तस्वीर उनलाई पटक्कै मन परेको छैन ।

उनले लेखेकी छिन्, ‘यो तस्वीर कुनै पुरानो मानसिक अस्पतालको जस्तो देखिन्छ, जहाँ रोगीलाई यतना दिइन्छ ।’ भोगको यो तस्वीर यस्तो  संवेदनशिल समयमा आएको छ, जब मान्छेहरु कोरोना भाइरसको कारण अनेकन मानसिक समस्या, एक्लोपनसँग जुधिरहेका छन् ।

तस्वीरमा त्यो सबै छन्, जसको आवश्यक्ता छैन

मानसिक स्वास्थ्य  कार्यकर्ता एवं लेखिका पूर्णा बेलले ट्वीटरमा लेखेकी छिन्, ‘म ति सबै व्यक्तिहरुको तर्फबाट भन्दैछु, जो स्वयम् मानसिक अस्पतालमा छन् वा जसको प्रियजन त्यहाँ छन् । म्यागजिनको आवरणमा प्रकाशित हुनुअघि कतिपय व्यक्तिले यस्तै दृश्य देखिसकेका छन् र उनीहरुले यसलाई सही मानेका छन् । यो आफैमा दुखद कुरा हो ।’

लिस्बनको मनोचिकित्सक सिल्भिया बैपतिस्टाले भनेकी छिन्, ‘भोगको यो आवरणमा ति सबैकुरा छन्, जसको आवश्यक्ता मानसिक स्वास्थ्यसँग जोडिएको चर्चामा जरुरत छैन ।’ उनले लेखेकी छिन्, मानसिक रोगीलाई ग्ल्यामराइज्ड गर्नु गलत हो ।

प्रकाशकले भने आफ्नो बचाउ गर्दै भनेका छन्, ‘हाम्रो उदेश्य तस्वीर र कथावाचनको माध्यामबाट आजको एक महत्वपूर्ण मुद्धामाथि प्रकाश पार्नु हो ।’

स्रोतः बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment