Comments Add Comment

पार्टीको विवादलाई लिएर प्रदर्शन नगर्न सुर्खेतमा नेकपाको निर्देशन

२४ असार, सुर्खेत । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) सुर्खेतले पार्टीभित्रको अन्तरसंघर्षका विषयमा कुनै प्रकारका प्रदर्शन, भेला तथा जुलुस नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रमा देखिएको विवादको विषयमा कसैको पनि पक्ष र विपक्षमा प्रदर्शन र भेला नगर्न र नगराउन नेकपा सुर्खेतले बुधबार निर्देशन दिएको हो ।

जिल्ला सचिव कृष्ण जिसीले विज्ञप्ति जारी गर्दै मातहतका जनवर्गीय संगठनलाई पार्टीको आन्तरिक जीवनमा देखिएका विषयलाई मुद्दा बनाएर पार्टी अनुशासनविपरीत कार्य नगर्न निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा समेत पार्टी नीति र नेतृत्वप्रति गरिने गलत प्रचारले पार्टीको अहित हुने भन्दै त्यस्तो नगर्न पार्टी कमिटी र जनवर्गीय संगठनलाई भनिएको छ ।

पार्टीभित्र हुने छलफल र बहसलाई व्यवस्थित बनाउँदै पार्टी एकताका साथ प्राप्त जनमतको सम्मान गर्नुपर्ने जिम्मेवारी सबैको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment