Comments Add Comment

सर्प र अध्यात्माबीच सम्बन्ध

पतञ्जलि एक ऋषि हुन्, जसले अष्टांग योगको सूत्रपात गरे । आज उनले अभ्यास र विकास गरेको योगलाई हामीले आफ्नो जीवनमा अपनाइरहेका छौं ।

पतञ्जलिको एक सांकेतिक तस्विर प्रचलित छन्, जसमा उनको टाउकोमा सर्पको शरीर जोडिएको देखाइन्छ । यो एक रचना हो । उनलाई सर्पसँग जोडेर देखाउनु निकै अर्थपूर्ण छ । यसै सन्दर्भमा आध्यात्मिक गुरु सद्गुरुसरुँग यसबारे जिज्ञास राखिएको छ ।

प्रश्नः सद्गुरु, म सन्त पतञ्जलिको जन्म र उनको शारीरिक संरचनाको बारेमा जान्न चाहन्छु । उनलाई सर्पसँग किन जोडिन्छ ?

सद्गुरुः सर्प एक यस्तो जीव हो, जुन कुनै विशेष किसिमको उर्जाप्रति संवेदनशिल हुन्छ । यदि तपाईंले मिस्टिक्स म्युजिंग्स पढ्नुभएको छ भने, त्यसमा हामीले विशुद्धि चक्र वा सर्पको कुरा गरेका छौं ।

पतन्जलिलाई आधा भाग सर्पको रुपमा देखाउनु केवल एक प्रतिक हो । सर्पलाई कुन्डलिनीको प्रतिक मानिन्छ । यो त्यही व्यक्तिका प्रेमको अभिव्यक्ति हो, जसले पतञ्जलिलाई शक्तिशाली ढंगले महसुष गरेका छन् । उनीहरुले पतञ्जलिको टाउको र शरीर एक सर्पमाथि राखिदिए, ताकि यो देखाउन सकियोस् कि त्यो तपाईंभित्रको आधारभूत शक्तिबाट कतिपनि अलग छैन । त्यो व्यक्ति आफ्नो जीवनको प्रक्रियासँग यति सुक्ष्मतासँग जोडिएका थिए कि, मानिसहरु भन्थे उनी स्वयम् आधारभूत शक्ति हुन् ।

उनीहरु त्यो मुलभूत शक्तिबाट अलग थिएन कि, जो आफुलाई आफ्नो भौतिक सीमाभन्दा पर लान सक्थे, जसले आफुलाई आत्मज्ञानको क्षेत्रसम्म लान सक्थे । यस हिसाबले उनीहरुले पतञ्जलिलाई आधा सर्पसँग देखाइदिए । उनीहरु यसबाट के देखाउन चाहन्थे भने, पतञ्जलि कुनै बाहिरी होइन, भित्री शक्ति हो । यति गहिराइबाट ऊ तपाईंको जीवनमा सामेल हुनसक्छ ।

सर्पले मेरो पछ्याउन छाड्दैन

म जहाँ जान्छु, सर्पले मलाई पच्छ्याउन छाड्दैन । यो कुरा उनीहरुलाई सम्झन कठिन हुन्छ, जसको मनमा सन्देह भरिएको छ । तपाईं यस्ता कति मान्छे चिन्नुहुन्छ, जो सर्पले डसेर मरे ?

तपाईंको मनमा यति धेरै भय किन ? तपाईं यस्ता कति व्यक्तिलाई चिन्नुहुन्छ, जो गाडी दुर्घटनामा मरे ? एकदम धेरै ।

यो गाडी यति धेरै डरलाग्दो छ । भयानक छ । तैपनि तपाईं आरमले सवारी गर्नुहुन्छ । सर्पसँग जुन किसिमको भय छ, त्यो ठिक होइन । सर्पसँगको तपाईंको भय र तपाईंको जानकारी उल्टो अनुपातमा छ । तपाईं सर्पको बारेमा जति धेरै जान्नुहुनेछ, उत्तिनै कम भयभीत हुनुहुनेछ । सर्पको बारेमा तपाईं जति कम जानकारी राख्नुहुन्छ, उत्तिनै बढी डर हुनेछ ।

जब म एक फार्ममा बस्थें, त्यहाँ ठूलठूला सर्प पनि थियो । त्यसमा धेरैजसो वाइपर र कोबरा थियो । ति हरेकजसो ठाउँमा थियो । म बाह्र बाई चौबिस फिटको कोठामा बस्थें । जब म राती सुत्थें, तब ति सर्प कम्बलमा आएर घुस्थे । म सुतेको बखत कुनैपनि बेला ति सर्प कम्बलमा हुनसक्थ्यो । यदि म अचानक यताउता गरे भने त्यो पनि अचानक भाग्थ्यो । पछि मैले ति सर्पसँग सुत्न सिके । त्यसबेला मैले निकै होशियारीपूर्वक कोल्टे फोर्नुपर्ने हुन्थ्यो । किनभने मेरो आसपासमा सर्प हुनसक्थ्यो ।

यो संसारको एक मात्र यस्तो जीव हो, यदि यो जंगलमा छ वा तपाईंसँग छ भने त्यसलाई आरमसाथ हातमा उठाउन सकिन्छ । यो बिना बिरोध तपाईंको हातमा आउन सक्छ । त्यसले तपाईंलाई केही गर्नेवाला छैन । तर, तपाईं हडबडाउनुभयो , व्याकुलता देखाउनु भयो भने यसले सहन सक्दैन । त्यसबेला यो तपाईंको निम्ति समस्या बन्न सक्छ । खतरा बन्न सक्छ ।

सर्प यस धर्तीको सुन्दर जीवमा एक हो । अधिकांश सर्पसँग विष वमन गर्ने दाँत नै हुँदैन । त्यसको मुखमा आरी जस्तै संरचना हुन्छ, जसले तपाईंलाई डस्न सक्दैन । सर्पले तपाईंको केही विगार्नेवाला छैन । तपाईंलाई मार्नेवाला छैन । सर्पसँग हामी यति धेरै भयभित छौ कि, जसले गर्दा त्यसप्रतिको धारणा गलत छ ।

सर्प र आध्यात्मिकताबीच सम्बन्ध

मेडिकल संगठनमा अक्सर दुईवटा सर्प आपसमा लपेटिएको प्रतिकात्मक चिन्ह हुन्छ । यो एक यौगिक प्रतिक पनि हो ।

सर्पको प्रतिक र आध्यात्मिकताको पनि गहिरो सम्बन्ध छ । सर्प एक विशेष किसिमले उर्जाप्रति संवेदनशिल हुन्छ, त्यो ध्यानप्रति आकर्षित हुन्छ ।

यदि तपाई जीवन विरोधी हुनुहुन्छ भने मात्र सर्पलाई सैतानको एजेन्ट सम्झनुहुन्छ । यदि तपाईं जीवनप्रति सकारात्मक हुनुहुन्छ भने सर्प तपाईंलाई दैविय दूत लाग्नेछ । यसले धर्तीमा जीवन रक्षाको लागि ठूलो योगदान दिएको छ । पर्यावरणका लागि यसको उपस्थिती अमूल्य छ ।

सद्गुरुको ब्लगबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment