Comments Add Comment

होल्डरले ६ विकेट लिएपछि इंग्ल्याण्ड अलआउट

२६ असार, काठमाडौं । वेष्ट इन्डिजका कप्तान ज्यासन होल्डर एक्लैले ६ विकेट लिएपछि पहिलो टेष्टको पहिलो इनिङ्समा घरेलु टोली इंग्ल्याण्ड २०४ रनमा अलआउट भएको छ । ३५-१ बाट दोस्रो दिनको खेल शुरु गरेको इंग्ल्याण्डले दोस्रो दिन १६७ रन बनाएर ९ विकेट गुमाएको हो ।

दोस्रो दिनमै पहिलो इनिङ्स सुरु गरेको वेष्टइन्डिजले १९.३ ओभर खेल्दै १ विकेट गुमाएर ५७ रन बनाएको छ । दवस्रो दिनको खेल सकिदासम्म इंग्ल्याण्डले १४७ रनको अग्रता बनाएको छ ।

साउथह्याम्पटनको अजेस बाउलमा जारी टेष्टमा पहिलो इनिङ्समा इंग्ल्याण्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने उपकप्तान तथा विकेटकिपर जोस बटलरले ३५ रन जोडे । डोम बेस ३१ रनमा अविजित रहे ।

इंल्याण्डलाई अलआउट गर्न वेष्ट इन्डिजका कप्तान होल्डरले ६ र शानन गाब्रीएलले ४ विकेट लिए । होल्डरले दोस्रो दिन एक्लै ६ विकेट लिने क्रममा २० ओभर बलिङ गर्दै ६ ओभर मेडर राखेर ४२ रन खर्चिए । यस्तै पहिलो दिन १ विकेट लिए गाब्रीएलले दोस्रो दिन ३ विकेट थपे ।

वेष्ट इन्डिजले दोस्रो दिनमा पहिलो इनिङ्स सुरु गरिसकेको छ । पहिलो विकेटका लागि क्रेग वेथवेइट र जोन क्याम्पबेलले ४३ रनको साझेदारी गरेका थिए । क्याम्पबेल २६ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए । उनलाई जेम्स एन्डरसनले एब्लीडब्लु धरापमा पारे । ब्रेथवेइटे ३० र शाइ होप ३ रनमा अविजित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment