+
+

नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १७:५३

२९ असार, काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

ब्युरोका सह–निर्देशक नविन्द अर्यालले अनलाइनखबरलाई बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?