+
+

भारतमा कोरोना संक्रमित नौ लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते ११:३५

३० असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नौ लाख ६ हजार ७५२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ४९८ नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५५३ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ६० हजारभन्दा बढी संक्रमित भेटिँदा १० हजार ४८२ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि एक लाख ४२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने दुई हजार ३२ भन्दा बढीको मृत्यु भइसकेको छ । दिल्लीमा एक लाख १३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तीन हजार ४११ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका पाँच लाख ७१ हजार ४६० कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?