+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘कि रोजगारी देऊ कि कोरिया पठाइदेऊ’ भन्दै माइतीघरमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ असार ३० गते १४:५४

३० असार, काठमाडौं । ईपीएस रोजगारी प्रक्रिया पूरा गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सबै प्रकृया पूरा गरेर उडानको पर्खाइमा रहँदा सरकारले कुनै वास्था नगरे भन्दै ईपीएस संघर्ष समितमार्फत उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा उत्रिएकाहरुले कोरिया जाने वातावरण सिर्जना गर्नुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु…’, ‘प्रधानमन्त्री ज्यु हामी किड्नी फेर्न होइन पसिना बेच्न जाने हो’, ‘तिमीले त कुर्सी बचाउला, हामीले रोजगारी कसरी बचाउने ?’, ‘सक्छौं रोजगारी देऊ सक्दैनौं कोरिया पठाइदेऊ’, ‘सरकार तिमी हाम्रो अभिभावक हौं कि दुष्मण’, ‘सन्तानको सपना पूरा गर्ने कि टु क्रयाउने तिम्रो जिम्मा’ जस्ता नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

कोरोना भाइरससँगै उत्पन्न परिस्थितिका कारण हाल ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् ।

उनीहरूले दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरूलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् । यसअघि पनि उनीहरुले कोरिया जाने वातावरण बनाउन भन्दै माइतीघर मण्डलामै प्रदर्शन गरेका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?