+
+

जुम्लाको खलङ्गामा निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १६:५७

३० असार, सुर्खेत । जुम्ला खलङ्गाका एक व्यवसायीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका –५ का एक व्यवसायीलाई कोरोना संक्रमण देखिए सोमबार दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम खलङ्गामा निषेधाज्ञा जारी गरेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

‘ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गर्ने काम भइरहेको छ । अवस्था सामान्य भएपछि निषेधाज्ञा खुल्छ’ उनले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ती व्यवसायीमा संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?