+
+

१३ हजार घुससहित मालपोतका नायब सुब्बा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १७:१४

३० असार, सप्तरी । सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सप्तरी मालपोत कार्यालयबाट एक जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई घुससहित पक्राउ गरेको हो ।

जग्गासम्बन्धी काम सजिलै गराइदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा उनलाई कार्यकक्षबाटै पक्राउ अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारको भनाइ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?