
३० असार, काठमाडौं । विदेशबाट नेपालीको उद्धारका लागि बुधबारबाट पुनः चार्टर्ड उडान प्रारम्भ हुँदैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार कुल ६ वटा उडान हुँदैछ । बुधबार हिमालय एयरलाइन्सले आबुधाबीका लागि दुई उडान भर्दैछ ।
हिमालय एयरलाइन्सको एक जहाज कुनमिङ जानेछ । नेपाल एयरलाइन्सले समेत कुनमिङका लागि उडान गर्दैछ । बुधबार सिंगापुरबाट सिल्क एयर काठमाडौं आउँदैछ । मलेसियाबाट मलेसिया एयरलाइन्ससमेत काठमाडौं आउनेगरी तालिका तय भएको छ । मंगलबार भने भारतबाट स्पाइस जेट कार्गो बोकेर नेपाल आएको छ ।
थाइल्याण्डबाट माई इण्डो एयरलाइन्सको जहाजसमेत कार्गो उडानका दौरान काठमाडौं आएको हो । आज साँझ नेपाल एयरलाइन्सको जहाज कुनमिङका लागि उँड्दैछ ।
आन्तरिकतर्फ मंगलबार सीता एयरले काठमाडौंबाट ६ जना यात्रु लगेर सुर्खेत उडेको छ । सिम्रिक हेलीले संखुवासभामा २ यात्रु बोकेर उडेको थियो । त्यो जहाज काठमाडौं फिर्ता हुने क्रममा ४ जना यात्रुलाई ल्याएर आएको छ ।
कैलाश हेली २ यात्रु बोकेर भरतपुर गएको थियो, काठमाडौं फर्किँदा ५ यात्रु लिएर आएको छ । एयर डाइनेस्टीले १ यात्रु लिएर सिन्धुपाल्चोक उड्यो । फर्किँदा ३ यात्रु लिएर आएको थियो । मनाङ हेली एक यात्रु लिएर काठमाडौंबाट उदयपुर उडेको छ ।
प्रतिक्रिया 4