+

मारियो पालालिसको ह्याट्रिक, एटलान्टा दोस्रो स्थानमा उक्लियो

२०७७ असार  ३१ गते १०:०० २०७७ असार ३१ गते १०:००
मारियो पालालिसको ह्याट्रिक, एटलान्टा दोस्रो स्थानमा उक्लियो

३१ असार, काठमाडौं । मारियो पासालिसले ह्याट्रिक गरेपछि एटलान्टाले इटालियन सिरी एमा ब्रेस्किअविरुद्ध शानदार जित हात पारेको छ । घरेलु मदानमा एटलान्टाले ब्रेस्किअलाई ६-२ ले पराजित गरेको हो ।

पासालिसले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले ५५औ र ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । एटलान्टाका लागि बाँकी गोल मार्टेन डे रुम डुभा जापाट्टा र रुस्लान मालिनोभ्सक्ले गरे । ब्रेस्किअको लागि एर्नर्स्टो टेरेग्रेसो र निकोलास स्पालेकले एक-एक गोल गरे ।

जितपछि एटलान्टा ३३ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको इन्टर र लाजियोको समान ६८ अंक छ ।

इटालियन सिरी ए एटलान्टा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय