+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

बलात्कार आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १५:००

३१ असार, कैलाली । बैतडीमा दुई छुट्टाछुट्टै बलात्कारको घटनामा संलग्नको अभियोगमा दुई जना पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा ११ वर्षकी छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले ४५ वर्षका पुरुषलाई पक्राउ गरेको छ ।

‘गाउँपालिका उपाध्यक्षले हामीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले भने ‘प्रहरी त्यहाँ पुग्दा बाबु फरार भइसकेका थिए ।’

भागेर अर्को गाउँ पुगेका उनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

बैतडीकै अर्काे क्षेत्रमा आमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जैसीले पुर्चाैडीमा ३२ वर्षीय युवकले आफ्नी ६२ बर्षकी आमा बलात्कार गरेको घटना सार्वजनिक भएको बताए ।

‘आमालाई छोराले बलात्कार गरेको बिषय वडाध्यक्षले प्रहरीलाई बताएका थिए । प्रहरी त्यहाँ पुगेपछि आरोपी छोराले विषादी खाए’ उनले भने ‘अहिले छोरा अस्पतालमा छन् । उनलाई ठीक भएको छ । अब कारबाही प्रक्रिया अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?