+

सदस्य सचिवका लागि शारीरिक सुगठनबाट रोशनको उम्मेदवारी

२०७७ साउन  १ गते १०:२८ २०७७ साउन १ गते १०:२८
सदस्य सचिवका लागि शारीरिक सुगठनबाट रोशनको उम्मेदवारी

१ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवका लागि शारीरिक सुगठन खेलको तर्फबाट रोशन महर्जनले निवेदन दर्ता गराएका छन् । उनी राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो व्यक्ति भएका छन् । उनले १ नं. मा निवेदन दर्ता गरेका छन् ।

खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि निवेदन आह्वान गरेपछि महर्जनले निवेदन दिएका हुन् ।

ललितपुर महानगरपालिका वडा नं. १७ निवासी महर्जन २०५० सालदेखि खेलकुद क्षेत्रमा लाग्दै आएका छन् । स्नातकोत्तर अध्ययन गरेका महर्जन सूचना प्रविधि र शिक्षा क्षेत्रसँग पनि आबद्ध छन् ।

नेपालकै सबैभन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरमा विगत १० वर्षदेखि कार्यसमितिमा रहेर खेल, खेलाडी र खेलकुद विकासमा चिन्तन र मनन गर्दै आएका महर्जन सानोमा सितेरियो कराते खेल्थे । तर स्वस्थ र बलिष्ठ शरीर बनाउने सोचले शारीरिक सुगठनतर्फ आकर्षित हुँदै २०४८ सालदेखि फलाम उचाल्न थालेका उनले २०५० सालमा पाटनको पहिलो जिमखाना नाइन प्वाइन्ट हेल्थ क्लबबाट औपचारिक रुपमा शारीरिक सुगठनको खेलाडी हुँदै विभिन्न प्रतियोगिता जिते ।

२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाइसेन्स लिएका महर्जनले इन्टरनेशनल फेडेरेसन अफ बडिबिल्डिङ अन्तरगनको नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशद्वारा आयोजना गरिएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । हाल उनी दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटीको अध्यक्ष समेत छन् ।

महर्जनले आफू सदस्य सचिवमा नियुक्त भएमा खेलकुदको विकास गर्ने अवधारणा प्रस्तुत गरेका छन् ।

राजनीतिक हस्तक्षेप नभई स्वतन्त्र रुपमा सदस्य सचिवको छनोट हुने हो भने आफू स्वतः सदस्य सचिवमा छनोट हुने महर्जन बताउँछन् ।

राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय