+

सन् २०२२ मा हुने भनिएको युथ ओलम्पिक चार वर्षपछि सर्‍यो

२०७७ साउन  १ गते १५:०१ २०७७ साउन १ गते १५:०१
सन् २०२२ मा हुने भनिएको युथ ओलम्पिक चार वर्षपछि सर्‍यो

१ असार, काठमाडौं । सन् २०२२ मा सेनेगेलमा आयोजना हुने भनिएको युथ ओलम्पिक प्रतियोगिता चारवर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र सेनेगलले युथ ओलम्पिक खेल २०२६ मा सार्न सहमत भएका हुन् ।

विश्वभर कोरोनाभाइरस महामारीको कारण अहिले ठूला खेलकुद गतिविधि प्रभावित भइरहेको बेला २०२० मा हुने युथ ओलम्पिक पनि सरेको हो ।

प्रतियोगिता सरेपछि आयोजक आईओसी र नेशनल ओलम्पिक कमिटीहरुलाई प्रतियोगिताको तयारी गर्ने थप अवसर मिलेको छ । यस्तै सेनेगलका लागि पनि अझै राम्रो तयारी गर्ने अवसर मिलेको छ ।

सन् २०१८ मा आईओसीले सेनेगलमा २०२२ मा डाकार युथ ओलम्पिक गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिता सरेपछि अब यसले धेरै युवा खेलाडीहरुलाई भने असर गर्नेछ । युथ ओलम्पिक गेम्समा संसार भरका १४ देखि १८ वर्ष सम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१