Comments Add Comment

घरमा कुकुर पाल्दा बालबच्चामा सामाजिक व्यवहार विकास हुन्छ ?

अहिलेका बालबच्चा एक्लो छन् । उनीहरुसँग खेल्ने आफ्नै दाजुभाई–दिदीबहिनी छैनन् । दौतरी छैनन् । घरभित्रै बसेर उनीहरुले आफैसँग रमाउनु र खेल्नु परेको छ । धेरै दम्पती पनि आफ्ना बालबच्चासँग खेल्न वा संवाद गर्न झन्झट मान्छन् ।

खासगरी आधुनिक समाजमा हुर्कदै गएका बालबच्चाहरु एक्लोपनको शिकार भएका छन् । र, यो एक्लोपनबाट आफुलाई मुक्त गर्न उनीहरु मोवाइल, ल्यापटपमा रमाउन थालेका छन् । यसको असर चाहिँ के देखिएको छ भने, बालबच्चाहरु असामाजिक बन्ने खतरा छ । उनीहरु अरुसँग घुलमिल भएर बोल्न, खेल्न, रमाउन, काम गर्न, सहयोग आदनप्रदान गर्न, भावना साटासाट गर्न छाड्दैछन् ।

मान्छे समाजभन्दा अलग रहेर बाँच्न सक्दैनन् । जबकी अहिले हुर्कदै गएका बालबच्चामा सामाजिक व्यवहार हराउँदै गएको छ । समाजसँग एकाकार हुने वा अन्र्तसंवाद गर्ने प्रवृत्ति हराउँदैछ ।

यही पृष्टभूमीमा एउटा घतलाग्दो कुरा बाहिर आएको छ, ‘घरमा कुकुर पाल्दा बालबच्चामा सामाजिक भावनाको विकास हुन्छ ।’ यो एक सर्वेक्षणबाट प्राप्त नतिजा हो ।

उक्त सर्वेक्षणमा के पाइयो भने घरमा कुकुर पाल्दा बालबच्चाको मानसिकर सामाजिक विकासमा ठोस सघाउ मिल्छ । सर्वेक्षणमा १७ सय घरका बालबच्चाको सहभागी गराइएको थियो । उनीहरु २ देखि ५ बर्ष उमेर समूहका थिए ।

घरमा कुकुर पाल्दा बच्चाहरुमा अरु किसिमको फाइदा पनि पुगेको पाइयो । जस्तो उनीहरु मोवाइल, ल्यापटप भन्दा कुकुरसँग खेल्न रुचाउँछन् । कुकुरसँग खेल्दा बालबच्चाको शारीरिक गतिविधि पनि बढ्छ । मोवाइल वा ल्यापटपमा खेल्दा उनीहरु एकै ठाउँमा घण्टौं बस्ने गर्छन् । यस किसिमको शारीरिक निस्क्रियताले उनीहरुमा अनेकन समस्या निम्त्याउने जोखिम रहन्छ । मोटोपनदेखि मधुमेहसम्म । त्यस्तै आँखाको दृष्टि कमजोर हुने खतरा रहन्छ । साथसाथै यसले उनीहरुमा मानसिक विकार समेत पैदा गरेको पाइन्छ । त्यसैले त मोवाइल, ल्यापटपममा बढी समय विताउने बच्चामा अनिद्रा, वेचैनी र तनावको समस्या देखिएको हो ।

तर, घरमा कुकुर पालेपछि बच्चाहरुमा यस किसिमको समस्या क्रमस हट्दै जाने पाइएको छ । उनीहरु कुकुरसँग खेल्ने, रमाउने गर्छन् । फलस्वरुप मोवाइलको लत छुट्ने, शारीरिक गतिविधि बढ्ने, व्यवहारिक कुराहरु सिक्ने अनुकुलता प्राप्त गर्छन् ।

बालबालिकाहरुमा जनवार खासगरी कुकुरप्रति वेग्लै लगाव हुन्छ । कुकुरसँग उनीहरु भावनात्मक रुपले जोडिन्छन् । यसले गर्दा उनीहरुले एक्लोपन अनुभव गर्दैनन् । सुरक्षाको अनुभव गर्छन् ।

कुकुरलाई खेलाउने, डुलाउने क्रममा उनीहरुको शारीरिक सक्रियता बढ्छ । कुकुरलाई के ख्वाउने, कसरी स्यहार-सुसार गर्ने, कस्तो बानी व्यवहार सिकाउने भन्ने कुराबाट पनि  बालबच्चाले उपयोगी सीप एवं ज्ञान आर्जन गर्छन् ।

यद्यपि घरमा कुकुर पालेपछि अभिभावकले विशेष निगरानी भने राख्नुपर्छ । कुकुरले टोक्न सक्ने वा कुकुरको कारण कतिपय रोगहरु फैलन सक्ने भएकाले यसप्रति सर्तक रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment