२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को छानबिन समितिले कास्की जिल्ला फुटबल संघमा भएको आर्थिक अनियमितताबारे गरेको छानविन प्रतिवेदन एन्फालाई बुझाएको छ ।
कास्की जिल्ला संघलाई लागेको अनियमितताको आरोपबारे उक्त समितिले १६ दिनको आन्तरिक अनुसन्धानपछि प्रतिवेदन बुझाएको जनाएको छ ।
समितिको संयोजक तथा एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फा महासचिव इन्द्रमान तुलाधरलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
उक्त समितिले जुन ३० मा अनुसन्धान सुरु गरेको थियो । समितिमा आनन्द रञ्जित र नारायण दत्त अधिकारी सदस्य थिए ।
कास्ककी जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एन्फाले केन्द्रीय स्तरको समिति बनाएर छानबिन गर्न लगाएको थियो ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ विभिन्न ठगी मुद्धामा मुछिएसंगै कास्की जिल्ला फुटबल संघभित्रको अनियमितता बाहिर आएको थियो ।
एन्फा उपाध्यक्षको नेतृत्वमा रहेको समितिले एन्फा कास्कीले आयोजना गरेका विभिन्न प्रतियोगिताको हिसाब किताबमा आधारित रहेर छानबिन गरेको हो ।
प्रतिक्रिया 4