+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

बारामा जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण

सुरेश बिडारी सुरेश बिडारी
२०७७ साउन ५ गते १२:४४

५ साउन, वीरगञ्ज । बारामा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन् । ‘पेड पीसीआर गराएका, समुदायबाट संकलन गरिएको स्वाबको रिपोर्ट समेत पोजेटिभ देखिएको छ’ उनले भने ।

बाराका प्रमुख जिल्ला अधिकारी रुऽप्रसाद पण्डितका अनुसार देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् ।

देवताल गाउँपालिकाका क्वारेन्टिन ईन्चार्ज शिव साहका अनुसार सबैको स्वाब एकै ठाउँमा संकलन गरिएको थियो । ‘गाउँपालिकाको क्वारेन्टिन असार २३ गतेबाट बन्द भयो । अन्तिम पटक जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबैको पीसीआर गराउँ भनेर गराएका थियौं’ उनले भने, ‘७१ जनाको स्वाब पठाएकोमा ४६ जनाको पोजेटिभ आयो ।’

संक्रमितलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । ‘स्वाब दिएर पनि कतिपय बाहिर गएका रहेछन् । उनीहरुलाई सम्पर्कमा ल्याउने र आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ’ उनले भने ।

गाउँपालिकामा निषेधाज्ञा

एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले देवताल गाउँपालिकामा निषधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको जानकारी गराएका छन् ।

प्रजिअले जारी गरेको सूचना अनुसार देवताल गाउँपालिका कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएको सेवा बन्द गरिएको छ । अत्यावश्यक खाद्यान्gm औषधी, ग्याँस, दुध, तेल बाहेक सम्पूर्ण पसल, तथा हाटबजार बन्द गरिने, अत्यावश्यक काममा बाहेक नागरिकलाई घर बाहिर निस्कन बन्देज गरिने, अत्यावश्यक सवारी बाहेक मोटरसाइकल समेत सञ्चालनमा प्रतिबन्ध लगाउने, आसपासका पालिकाबाट आवागमन निषेध गरिएको, धार्मिक सास्कृतिक, सामाजिक कार्य गर्नमा रोक लगाईएको छ ।

पर्सामा चार संक्रमित थपिए

यस्तै पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक जना पेड पीसीआर गराएका, एक जना आरडिटी पोजेटिभ र दुई जना कुमु होटलमा पेड क्वारेन्टिन बस्दै आएका व्यक्ति भएकोस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?