Comments Add Comment

अब घर र कार्यस्थलबाटै एक्जिम कोड नवीकरण गर्न सकिने

५ साउन, काठमाडौं । भन्सार विभागले स्वचालित निकासी पैठारी संकेत नम्बर प्रणाली कार्यन्वयनमा ल्याएको छ । स्वचालित नयाँ प्रणालीपछि एक्जिम कोड -निकासी पैठारी संकेत नम्बर) नवीकरणको कार्य व्यवसायीले घर तथा कार्यस्थलबाटै गर्न सक्ने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘भन्सार नियमावलीअनुसार यस अघि नविकरणकालागि बैंक जमानत र कर चुक्ता प्रमाणपत्र सहित भन्सार विभाग वा कार्यलयमै उपस्थित हुनु पर्दथ्यो तर अब सबै काम डिजिटल माध्यमबाट घरबाटै गर्न सकिन्छ,’ महानिर्देशक दाहालले भने ।

एक्जिम कोड नवीकरणका लागि विभागको वेबसाइटबाटै सेवाग्राहीले र्फम भर्न मिल्ने र कनेक्ट आईपीएसमार्फत विद्युतीय माध्यमबाट नगद भुक्तानी गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

सेवाग्राही कम्पनीको करचुक्ता प्रमाण पत्र आन्तरिक राजश्व विभागको पोर्टलबाट भिडान हुने, बैंक जमानत सेवाग्राही स्वयमले प्रणालीमा अपलोड गर्न सकिने तथा नवीकरण भएको प्रमाणपत्र घर वा कार्यस्थलबाटै पि्रन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थापछि करिब ३० हजार ग्राहक भन्सार कार्यालयमा स्वयम उपस्थित हुनुपर्ने बाध्यता हट्ने विभागका महानिर्देशक दाहाल बताउँछन् । ‘डिजिटल प्रद्धतीमा गएपछि विभागको जनशक्तिको श्रम व्यवस्थापन सहज हुने र कोभिड सुरक्षाका हिसाबले पनि उपयुक्त हुन्छ,’ महानिर्देशक दाहालले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment